नियम १६
अनुमतिपत्र स्थगित वा खारेज गर्ने प्रक्रिया
ः
(१) ऐनको दफा ७ङ बमोजिम बोर्डले कुनै धितोपत्र बजारको अनुमतिपत्र स्थगित वा खारेज गर्नु अगावै सम्बन्धित धितोपत्र बजारलाई निश्चित समयावधि तोकी आफ्नो काम कारवाहीमा सुधार गर्ने मुनासिब मौका दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइएको समयभित्र पनि त्यस्तो धितोपत्र बजारले आफ्नो काम कारवाहीमा सुधार गर्न नसकेमा बोर्डले त्यस्तो धितोपत्र बजारको अनुमतिपत्र बढीमा ६ महिना सम्मको लागि स्थगित गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम धितोपत्र बजारको अनुमतिपत्र स्थगित रहेको समयभित्र नै त्यस्तो धितोपत्र बजारले पुरा गर्नु पर्ने शर्तहरू पुरा गरेमा बोर्डले अनुमतिपत्र स्थगित अवधि समाप्त हुनुभन्दा अगावै पनि त्यस्तो अनुमतिपत्रको स्थगन फुकुवा गर्न सक्नेछ ।
(४) उपनियम (२) बमोजिम धितोपत्र बजारको अनुमतिपत्र स्थगित रहेको समयभित्र पनि धितोपत्र बजारले पूरा गर्नु पर्ने शर्त पूरा नगरेमा बोर्डले त्यस्तो धितोपत्र बजारको अनुमतिपत्र खारेज गर्न सक्नेछ ।